नोट सम्बन्धी राष्ट्र बैंकको नयाँ परिपत्र, अब पूर्वराजाका तस्वीर अंकित नोट नचल्ने

नोट सम्बन्धी राष्ट्र बैंकको नयाँ परिपत्र, अब पूर्वराजाका तस्वीर अंकित नोट नचल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा अब पूर्व राजाको तस्विर अंकित पुराना नोटहरु चलनचल्तीमा नआउने भएका छन् । नेपाल राष्ट्र बैंकले पूर्व राजाको तस्विर भएका नोट चलनचल्तीमा नल्याउन बैंक तथा वित्तिय संस्थाहरूलाई निर्देशन दिएको हो ।

राष्ट्रबैंकले सफा नोट नीति, २०७३ लाई संसोधन गर्दै नयाँ परिपत्रको ब्यबस्था गरेको छ । सोही परिपत्रको ७ औं बुँदामा उल्लेख भए अनुसार अब, झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, भिजेको, छपाई बिग्रेको, नोटको अंक, अक्षर, चित्र तथा सुरक्षण ब्यबस्थाहरु बिग्रिएको वा नबुझिने गरेको नोटहरु चलनचल्तीमा ल्याउन पाइने छैन । त्यस्तै रंग लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको, र पूर्वराजाको तस्विर भएको नोट पनि चलनचल्तीमा ल्याउन पाइने छैन ।

यसैगरि राष्ट्र बैंकले सम्पूर्ण नोटहरुलाई ३ चरणमा बर्गिकरण गर्न पनि निर्देशन दिएको छ । निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले एटिएम लगायतका मेसिन मार्फत चलनचल्तीमामा पठाउन योग्य नोट, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमामा पठाउन योग्य नोट र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन चरणमा बर्गिकरण गर्नु पर्नेछ । यसरी बर्गिकरण गरिएका नोटहरुमा क्रमशः हरियो, सेतो र रातो स्लिप प्रयोग गर्नु पर्ने पनि निर्देशनमा उल्लेख छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरूले नोट सटही ताथ भुक्तानी गर्नु पर्दा, निश्चित प्रक्रिया अपनाई डिस्इन्फेक्ट अर्थात्, जिवाणुरहित बनाउनु पर्नेछ । साथै नोट भण्डारण कक्ष, प्रयोग कक्ष तथा ओसारपोसार सामग्री पनि उचित रुपमा सफा, प्रकाशयुक्त र सफा राख्नु पर्नेछ । राष्ट्र बैंकले नोटमा स्टिच प्रयोग नगर्न समेत सबै बैंक तथा वित्तिय संस्थाहरूलाई आग्रह गरेको छ ।

Logo