काठमाडौंं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले सांसद अपहरणबारे संसदमा जानकारी गराउन माग गरेका छन् । संसदको छैठौं अधिवेशनमा बोल्दै उनले समाजवादी पार्टीका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरणको घटनाको यथार्थ संसदमा जानकारी गराउनु पर्ने बताएका हुन् ।
तत्कालिन संघीय समाजवादी पार्टीले आफ्ना सांसद यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा गत बैशाख १० गते अपहरण गरिएको आरोप लगाउँदै आएको छ ।
संसदमा बोल्दै नेम्वाङले भने–‘सांसदको अपहरणको हुनु हुन्न । भएको के हो । यथार्थ के हो ? संसद चल्दा यथार्थ आउँछ भन्ने विश्वास छ । हामी कुनै आपराधिक कार्यको पक्षमा छैनौँ ।’





























प्रतिक्रिया