गुल्मी । झारफुक गरेर सन्चाे बनाइदिने भन्दै ताताे फलामले डाम्दा एक जनाकाे ज्यान गएकाे छ । इस्मा गाउँपालिका ३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा ज्यान गएको भएको हाे ।
तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको हो भने अन्य दुई जना घाइते भएका छन् । बुधबार दिउँसो १२ बजे मुखियालाई झारफुक गरी सञ्चो बनाइदिने बहानामा तातो फलामले शरीरमा डाम्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिए ।
मालिका गाउँपालिका ६ अर्जे स्थायी घर भइ अहिले रेसुङ्गा नगरपालिका १ तीनधारामा भाडामा अस्थायी टहरा बनाई बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीय श्रीमती शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको अनुसन्धाबाट खुल्न आएको पन्तले बताए ।
मुखियासँगै रहेका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ का पुनबहादुर दमाईकी श्रीमती टोपला दमाई पनि तातो फलामले डाम्दा घाइते भएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया