पत्रपत्रिका, चिठ्ठीहरुबाट कोरोना नफैलिने

पत्रपत्रिका, चिठ्ठीहरुबाट कोरोना नफैलिने

केन्द्रबिन्दु
0
Shares

कपाल, दाह्री र कपडामा पनि संक्रमण फैलने सम्भावना न्यून
काठमाडौं ।
कोरोना भाइरसले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । कोरोनाकै कारण हामीले पहिलेभन्दा बढी सरसफाई र सामाजिक व्यवहारमा ध्यान दिइरहेका छौँ । यस भाइरसको सबैभन्दा घातक र भयावह पक्ष भनेको तीव्र गतिमा फैलिने रहेको छ । कोरोना एक अत्यन्त संक्रामक भाइरस हो । यो खोक्दा, हाच्छयूँ गर्दा संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्न सक्छ । जसले गर्दा यसको संक्रमणको दर उच्च छ र छोटो समयमा धेरै ठाउँमा फैलिन सक्छ । कोरोना सम्बन्धी उच्च सतर्कताहरु अपनाउँदा अपनाउँदै पनि त्यस्ता धेरै प्रश्नहरु अहिले हामीमाझ उब्जिएका छन् । जुन विज्ञहरुले जवाफ पनि दिइरहेका छन् ।

कोरोनाबाट बच्न लुगा फेर्न र बाहिरबाट आएपछि नुहाउन आवश्यक छ ?
तपाई यदि सामाजिक दूरीलाई गम्भीरताका साथ लिईरहनु भएको छ भने, लुगा फेर्नु पर्दैन र घर पुगेर नुहाउनु पनि पर्दैन । तर, बारम्बार आफ्नो हात भने धुनु पर्छ । हाच्छयूँ गर्दा र खोेक्दा भाइरसको कणहरु कुनै पनि सतहमा पुग्न सक्छ तर, कणहरु लुगामा पुग्न सक्ने सम्भावनाहरु भने कम हुन्छन् ।

एक अध्ययनका अनुसार भाइरस कणहरु हावामा आधा घण्टासम्म रहन सक्छ । भर्जिनिया टेकमा एयरोसोल वैज्ञानिक लिन्से मार्ले भनेका छन्–‘सानो ड्रप हावामा तैरिन सक्छ तर, एरोडायनामिक्सको कारण यो तपाईको कपडाहरुमा संकलन हुन सक्दैन’।

भाइरसका कण किन कपडाहरुमा संकलन हुने छैन ? डाक्टर मार्ले यसलाई उदाहरणका साथ व्याख्या गरेका छन् । उनले भनेका छन्–‘यी कणहरु हाम्रो वरिपरि हावाको प्रवाहसँग बाँचिरहेका हुन्छन् । किनकी हामी तुलनात्मक रुपमा बिस्तारै हिड्छौं । हामी हिड्ने क्रममा हावालाई धकेल्छौं र यी कणहरुसँगै अगाडि बढ्छन्’ । तर कुनै पनि रोग सरसफाईमा ध्यान नदिँदा नै लाग्ने भएकाले बाहिरबाट आएर नुहाउनु गलत हुने छैन । नुहाउदा तापक्रमको भने ख्याल गर्नु पर्दछ अन्यथाः रुघाखोकी जस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।

पत्रपत्रिका, चिठ्ठी र सामानहरुबाट कोरोना सर्ने कुनै खतरा छ ?
पत्रपत्रिका चिठ्ठी पत्रहरुमा भाइरस फैलिने जोखिम अत्यन्त न्यून छ । अहिलेसम्म त्यस्तो कुनै घटनाको खुलासा भएको छैन कि कोही प्याकेट वा अखबार खोलेका कारण बिरामी परेको । तर पनि सावधान भने हुनु आवश्यक छ ।

के भाइरस कपाल र दाह्रीमा जम्मा हुन सक्छ ?
बाल संक्रामण रोगहरुका प्रशिक्षक डा. एन्ड्रयू जानोस्की बताउँछन्–‘संक्रमणको सम्पूर्ण प्रकृयाको बारेमा सोच्नु आवश्यक पर्छ । यदि कसैले तपाईको टाउको पछाडि हाच्छ्युँ गरेको छ भने, त्यहाँ धेरै भाइरस कणहरु हुनुपर्दछ । त्यस पछि कणहरुले तपाइको कपालको भाग छुनु पर्छ । यसपछि अनुहार र शरीरको अन्य भागहरुलाई छुनुपर्छ ।’

डाक्टर जानोस्कीका अनुसार, संक्रमणलाई फैलाउन यी श्रृंखलामा यति धेरै चीजहरु पूर्ण हुनुपर्दछ । त्यसैले भाइरस यसरी फैलिने सम्भावना कम छ । यदि तपाई सामाजिक दूरीलाई पालना गर्नुभएको छ भने चिन्तित हुनु पर्दैन ।

लुगा धुनको लागि पनि सावधानी अपनाउनु आवश्यक छ ?
आवश्यक छ तर, सामान्य वा बिरामी व्यक्तिको लुगा धोइरहनुभएकोछ त्यसमा निर्भर हुन्छ । सामान्य रुपमा कपडा सफा गर्नुपर्दछ । केही भाइरसहरु सफा गर्न गाह्रो हुन्छ । किन कि कोरोना भाइरससँग बाक्लो झिल्ली हुन्छ, जो साबुनमा भिजेको हुन्छ । सामान्य लुगा धुने र सुकाउने प्रकृया भाइरस हटाउनको लागि पर्याप्त छ ।

सीडीसीका अनुसार, यदि बिरामीको लुगा धुदै हुनुहुन्छ भने, पन्जा लगाउनुपर्छ । बिरामीको लुगा र ओछ्यान टकटकाउनु हुदैन । न्यानो देखि तातो पानीले लुगा धुनुपर्छ । र यसलाई पूरै सुख्खा हुन दिनुपर्छ । त्यसपछि बिरामीको कपडालाई अन्य कपडासँग मिसाउँन पनि सक्नुहुन्छ । त्यस्ता भाइरसहरु अन्य ठाउँहरुमा भन्दा कपडामा अधिक छिटो समाप्त हुन्छ ।

भाइरस कुन ठाउँमा कति समयसम्म रहन सक्छ ?
मार्चमा द न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एउटा अध्ययन अनुसार, भाइरस मेटल र प्लास्टिकमा तीन दिनसम्म र कार्डबोर्डमा २४ घण्टासम्म रहन सक्छ ।

के बाहिरबाट आएपछि जुत्ता हटाउन र सफा गर्नु आवश्यक छ ?
जुत्तामा ब्याक्टेरिया र भाइरस हुनसक्दछ । तर, संक्रमणको कारणको रुपमा भने लिन सक्दैन । चीनमा स्वास्थ्यकर्मीहरुमा हालै गरिएको अध्ययन अनुसार, करिब आधा व्यक्तिको जुत्तामा कोरोना भाइरस भेट्टियो । यद्यपी यो सम्भव थियो । किन कि उनीहरु अस्पताल र बिरामीहरु बीच काम गरिरहेका थिए । यदि जुत्ता धुने लायक छ भने, धोई दिनुहोस् । जुत्ता सफा भने नगर्नुहोला किन कि भाइरस तपाईको हातमा सिधा पनि आउन सक्छ ।  ‘जुत्ताले कोरोना भाइरस संक्रमणको बारेमा चिन्ता लिनु पर्दैन’ डाक्टर जानोस्कीले भनेका छन् ।

Logo