कोरोनाबाट बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।रासस

Logo