काठमाडौं ।
वाणिज्य बैंकहरुबीच आधारदर (वेसरेट) घटाउने सहमति भएको छ । नेपाल राष्ट्र बैंकले बेस रेट घटाएपछि बैंकहरुले पनि घटाउने सहमति गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘राष्ट्र बैंकले १ प्रतिशत वेसरेट घटायो,त्यसैले पनि हामीले घटाउने सहमति गरेका हौँ ।’ अध्यक्ष दाहालले भने । राष्ट्र बैंकले १ प्रतिशत घटाएकाले बैंकहरुले पनि १ प्रतिशत वेसरेट घटाउने तयारी गरेका छन् ।
आधार दर निर्धारण गर्दा निक्षेप लागत वा कोषको लागत सबैभन्दा महत्वपूर्ण हुने गर्छ तर संचालन खर्च बापतको लागत, शुन्य प्रतिफलमा अनिवार्य नगद अनुपात कायम गर्दा परेको लागत, वैधानिक तरलता अनुपात कायम गर्दाको लागत र लगानीकर्ताहरुको पूँजीगत लगानीको लागि प्रदान गर्नुपर्ने सामान्य प्रतिफल कर्जाको आधार दरका मुख्य तत्वहरु हुन् । बैंकहरुले आधारदर घटाउने वित्तिकै कर्जाको पनि ब्याजदर घट्छ । कर्जाको ब्याजदर घटाउने उद्धेश्यले वेसरेट घटाउने सहमति गरेको अध्यक्ष दाहालले बताए । सबै बैंकहरुले घटाउन निर्देशन समेत दिएको उनले बताए ।
राष्ट्रबैंकले कोरोना भाइरसको प्रकोपका कारण संकटमा परेको बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई राहत दिन १९ बुँदे विशेष राहत प्याकेज ल्याएको थियोे । भिडियोमा :





























प्रतिक्रिया