काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पनि कोरोना भाइरसको जोखिम अझ बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको जोखिम बढेको बताएका हुन् ।
विदेशबाट आएका संक्रमतिद्धारा नेपालमा नै भएका मानिसमा कोरोना संक्रमण देखिएकाले देशमा थप जोखिम बढेको उनको भनाइ थियो । केही समय पहिले विदेशबाट आएका देवरबाट धनगढीमा ३४ वर्षिय महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
प्रधानमन्त्री ओलीले भने–‘विदेशबाट संक्रमित भएर आएका मानिसबाट नेपालमा नै रहेका मानिसमा कोरोना संक्रमण सरेपछि दोस्रो चरणमा पुगेका छौँ । यसबाट हामी थप जोखिममा छौं भन्ने देखिएको छ ।’
त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरस मानवजातिलाई चुनौती दिएको एउटा युद्ध भएकाले सरकार चिकित्सक तथा स्वास्थ्यकर्मीको साथ लिएर लड्ने बताए ।





























प्रतिक्रिया