काठमाडौं ।
सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ औपचारिकरुपमा स्थगित गरेको छ ।
कोरोना भाइरसको प्रभाव देखिएसँगै अप्रिलसम्मका लागि मात्रै स्थगित गर्ने भनिएको भ्रमण वर्ष औपचारिक रुपमै स्थगित गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । उनका अनुसार भ्रमण वर्षको सचिवालय पनि बैशाख १ गतेबाट खारेज हुने भएको छ ।
सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । यसै अनुरुप जनवरी १ मा सरकारले केन्द्र, सबै प्रदेश र स्थानिय तहबाट यसको शुभारम्भ गरेको थियो ।





























प्रतिक्रिया