काठमाडौ ।
कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले एनआईसी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तिब्ररुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ । यस्तै, देशवासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न वान्छनिय हुन्छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै ग्राहक महानुभावहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको छ ।

यस कठिन परिस्थीतीमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस बैंकले देशैभरि रहेका शाखा कार्यालय, विस्तारित काउण्टर, एटिएम तथा अन्य विभिन्न डिजिटल बैंकिङ्ग माध्यमबाट यथावत सेवा सुविधा उपलब्ध गराउन बैंक कटिबद्ध रहेको तथा बैंकले प्रदान गर्दै आईरहेको संम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा नियमीत रुपमा यथावत सुचारु राखिएको जानकारी गराएको छ । ग्राहक महानुभावहरुलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै जानकारी चाहिएमा बैंकको २४ घण्टा सुचारु रहने ग्राहक जनसम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
यो बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५९ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हो ।





























प्रतिक्रिया