काठमाडौं ।
नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोर शहरमा गरिरहेको उडान चैत ९ (२२,मार्च २०२०) गतेदेखि रोक्ने भएको छ ।
कोरोना भाइरसको प्रभावले गर्दा भारतले यस अघि २२ तारिकबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले पनि भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय गरेको छ ।
डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्वारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ (मार्च २९, २०२०) गतेसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।
चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने भएको छ । त्यस्तै, निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि यस अगाडी नै बन्द गरिसकेको छ ।





























प्रतिक्रिया