श्रीलङ्काद्वारा तीन देशका यात्रुलाई प्रतिबन्ध

श्रीलङ्काद्वारा तीन देशका यात्रुलाई प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

कोलम्बो ।

श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ । प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलङ्का आउन प्रतिबन्ध लगाइएको हो ।

कोरोना भाइरसको सङ्क्रम बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ । प्राधिकरणको आग्रह अनुसार सूचना विभागले सबै विमान कम्पनीहरुलाई ती देशबाट श्रीलङ्कामा यात्रु नल्याउन आग्रहसहित सूचित गरेको छ ।

हालै ती देशको भ्रमण गरेका यात्रुहरुलाई पनि नल्याउनसमेत श्रीलङ्काले आग्रह गरेको छ । यो प्रतिबन्ध शुरुमा झण्डै दुई हप्ता लागू हुने अधिकारीहरुले शुक्रबार बताएका छन् । श्रीलङ्कामा शुक्रबारसम्म दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने स्वास्थ्य मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पर्याप्त तयारी गरिएको जनाएको छ ।

Logo