काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन् ।
लामो समयदेखि अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर नेपालबिचको सम्बन्ध चिसिएको चर्चा भइरहेका बेला गभर्नर नेपालले सम्बन्धमा कुनै चिसोपना नभएको बताएका हुन् । आगामी चैत्र ५ गते गभर्नर नेपालको पाँच वर्षीय कार्यकाल सकिँदैछ ।
डा.नेपालले पाँच वर्षको कार्यकालमा बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि गर्ने महत्वपूर्ण काम गरेका थिए । पूँजी वृद्धिका बेला गभर्नर नेपालको आलोचना भएपनि अन्ततः उनी यस काममा सफल भए । ‘पहिले गाली गर्नेले अहिले ठिक छ भन्न थालेका छन् ।’ नेपालले भने । त्यस्तै, गभर्नर नेपालले बैंक तथा वित्तीय क्षेत्रको पहुँच मुुलुकका कुना कुनामा पुर्याएका छन् । यसपटक केन्द्रबिन्दुले डा. नेपालसँग कुराकानी गरेको छ । केन्द्रबिन्दुका अर्थब्युरो प्रमूख कमला अर्यालले डा. नेपालसँग गरेको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया