पत्रकारले आवाज उठाएर मात्र देशमा प्रेस स्वतन्त्रता बाँचेको छ-डा.लोहनी

पत्रकारले आवाज उठाएर मात्र देशमा प्रेस स्वतन्त्रता बाँचेको छ-डा.लोहनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पत्रकारले आवाज उठाएकाले मात्र देशमा प्रेस स्वतन्त्रता बाँचेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

उनले बुधबार राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त पार्टीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । देशमा दुई तिहाइको सरकार भएको बेला प्रेस स्वतन्त्रताको अवस्था दयनीय रहेको उनको आरोप छ ।

उनले भने–‘ पत्रकारले प्रेस स्वतन्त्रताका लागि आवाज उठाउँछन् र मात्र देशमा प्रेस बाँचेको छ ।’ केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले एकपछि अर्को गर्दै विवादास्पद विधेयक ल्याएपछि पार्टीभित्रबाटै आलोचना गरिएको थियो ।

सरकारले पछिल्लो समय ल्याएको प्रेस काउन्सिल विधेयक, मानवअधिकार सम्बन्धी विधेयक र गुठी सम्बन्धी विधेयकको व्यापक विरोध भएको थियो ।

Logo