नेपाली चलचित्र क्षेत्रमा कोरोनाको प्रभाव (भिडियोसहित)

नेपाली चलचित्र क्षेत्रमा कोरोनाको प्रभाव (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वका अधिकांश देशहरुमा माहामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस अर्थात कोभिड १९ ले नेपाली चलचित्र क्षेत्रलाई पनि प्रभावित तुल्याएको छ । नेपाल चलचित्र निर्माता संघले फ्लोरमा रहेका सम्पूर्ण चलचित्रको छायांकन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायांकन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको हो ।

अहिले सीमित फिल्मको मात्र छायांकन भइरहेको छ । गतवर्षको तुलनामा यसवर्ष फिल्म निर्माणमा ठूलो गिरावट आएको छ । अहिले ‘ए मेरो हजुर ४’,‘परदेशी २’ लगायतका केही फिल्मको मात्र छायांकन भइरहेको छ । चलचित्र निर्माता संघले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि छायांकन रोक्न आग्रह गरेपछि छायांकनरत फिल्मका निर्मातालाई ठूलो घाटा हुने देखिएको छ ।

नेपालमा मात्र नभई विश्वकै फिल्म बजारमा कोरोनाको प्रभाव पर्न थालेको छ । हलिउडमा हेर्ने हो भने अप्रिलमा प्रदर्शन हुने भनिएको फिल्म ‘नो टाइम टु डाइ’ ले फिल्मको प्रदर्शन मिति सारेर सात महिनापछि पु¥याएको छ । त्यस्तै बलिउडमा पनि कोरोनाकै जोखिमले गर्दा सलमान खान अभिनित फिल्म ‘राधे’को थाइल्याण्ड सुटिङ रद्द गरिएको छ । नायक पल शाह र नायिका पुजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु’ लगायत केहि नेपाली चलचित्रहरुको प्रदर्शन मितिमा परिवर्तन आएकोे छ ।

कोरोनाको सन्त्रास बढेसँगै सिनेमा हलहरुको व्यापार समेत खस्केको छ । दर्शकहरुको भीडभाड धेरै हुने भएकाले सिनेमा हलमा स्यानिटाइजरदेखि ह्यान्ड वाससम्मको व्यवस्था गरिएको छ । नेपाली सिनेमाहरु विदेशमा प्रदर्शनको सम्भावना घट्दै गएको छ ।

यता नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको नेफ्टा फिल्म अवार्ड स्थगित भएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सरकारले भीडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न अपिल गरेकाले अवार्ड निर्धारित मितिमा गर्न नसकिएको जनाएको छ ।

Logo