सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । जंगली बँदेलको समूहले गहुँबाली खाइदिन थालेपछि खेत वरिपरि मसिनो फलामे तारको घेरा हालेर करेन्ट प्रवाह गरेकाले त्यसमा परेर गएराति करिब सवा १० बजेतिर हात्ती मरेको हो।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।

सो क्षेत्र मात्र नभई जिल्लाको पश्चिमी, उत्तरी र पूर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीका कारण दैनिक आतङ्क हुने गर्दछ । गत मंसिरको पहिलो सातादेखि सप्तरीको पश्चिम उत्तरी भेगका गाउँ बस्तीमा पाँच वटा जंगली हात्तीको समूहले आतंक मच्चाउँदै आएको छ । मरेको हात्ती त्यही मध्येको हुन सक्ने अनुमान गरिएको छ ।

Logo