वाशिङ्टन ।
कोरोनाको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार उपचारका क्रममा रहेका एक जनाको वाशिङ्टनमा मृत्यु भएको र सो कुराको अमेरिकी सरकारले समेत पुष्टि गरिसकेको छ । एक जनाको मृत्यु भएपछि वाशिङ्टनमा आपत्कालीन अवस्थाको घोषणा गरिएको पनि बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको खतरासँग लड्न अमेरिका तयार रहेको बताएको बताएका छन् । जसका लागि नागरिकलाई चीन, इरान, इटली र दक्षिण कोरियासँगको यात्रामा कडाइ गरेको छ ।
चीनबाट वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ भने २ हजार ९ सय भन्दा बढीको मृत्यु भइसकेको छ । यस अवधिमा ३६ हजार जना उपचार पछि घर फर्किएका छन् ।





























प्रतिक्रिया