इरान ।
नोभेल कोरोना भाइरस (कोभिड-१९) का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भन्ने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अपनाउन सरकारी अधिकारीहरुको आग्रह छ ।
इरानले नोभेल कोरोना भाइरस (कोभिड-१९) का कारण इरानमा मृत्यु हुनेको संख्या १२ पुगेको बताएको छ ।
इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्री सइद नमकीले सोमबार मृत्यु हुनेको सङ्ख्या बढेर १२ पुगेको पुष्टि गरेका हुन् । उनले अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जानकारी दिएको इरानी समाचार संस्थाले जनाएको छ ।
उहाँले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न इरानसँग पर्याप्त श्रोतसाधन रहेको दावी पनि गरेका छन् । सार्वजनिक कार्यक्रम तथा भेला, खेलकुदका कार्यक्रम लगायतमा सहभागी हुन सर्वसाधारणले नछाडेकाले अपेक्षित सुधार हुन नसकेको उनले बताएका छन् ।
रासस





























प्रतिक्रिया