काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहिबार एक कार्यक्रममा नेपाली काँग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले साँझ विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गर्नुभएका नेता कोइराला दिवङ्गत भएको यतिका वर्षपछि उहाँका सम्बन्धमा नेता दाहालबाट व्यक्त विचारप्रति असन्तोष व्यक्त गरेका छन् ।
प्रचण्डले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाइदिन आफूहरुलाई आग्रह गर्ने गरेको अभिव्यक्ति दिएको प्रति कांग्रेसले असहमति जनाएको हो ।





























प्रतिक्रिया