अज्ञात व्यक्तिद्वारा स्कुटरमा आगजनी

अज्ञात व्यक्तिद्वारा स्कुटरमा आगजनी

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिका वडा नं १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नंको स्कुटर सोमबार दिउँसो अज्ञात व्यक्तिले आगो लगाइदिएको छ ।

आफ्नो ससुराको वार्षिक पुण्यतिथिको निम्ता दिन त्यस स्थानमा पुगेकी समिता मगियाको स्कुटर रोकेर गएको करिब २० मिनेटमा आगो लगाइएको हो । स्कुटरमा लगाइएको आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन् ।

आगो लगाई भाग्ने अज्ञात व्यक्तिको खोजी गरी कडाभन्दा कडा कारवाही गरिने प्रहरी निरीक्षक चन्दले बताइन् । तीनदिन अघि त्यही स्थानमा रोकिराखिएको स्थानीय व्यक्तिको स्कुटरमा पनि चक्कुले सिट तथा अगाडिको भागमा काटिदिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिइन् ।
रासस

Logo