काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु चुनाव अनिश्चित भएको छ । तयारीका लागि करिब एक महिना लाग्ने र चैत पहिलो सातादेखि परीक्षाको तालिका रहेका कारण चुनाव अनिश्चित बनेको हो । विद्यार्थीको आग्रहमा फागुनभित्र स्ववियु चुनाव गर्न त्रिवि सहमत भए पनि ठूला संगठन एक नहुँदा समस्या भएको हो ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका संयोजक तथा कामु रेक्टर प्रा.डा. शिवलाल भुसालले विद्यार्थी संगठन एकमत नहुँदा समस्या भएको बताए ।
उनले भने, ‘१४ फागुनको मिति टरिसकेको छ, उहाँहरू (विद्यार्थी संगठन) को आग्रहमा फागुन अन्तिमसम्म पनि चुनाव गर्न तयार भएका हौँ, त्यो पनि अनिश्चित हुने भयो ।’ चैत पहिलो सातादेखि त्रिविको परीक्षाको तालिका छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया