चितुवाको आक्रमणबाट पोखरामा नौ बर्षीया बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट पोखरामा नौ बर्षीया बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरी निरीक्षक अधिकारीले बताए । प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् ।

यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए ।
रासस

Logo