न्यारोबडी घोटाला प्रकरण: निगमका तत्कालिन महाप्रबन्धकको ९ बुंदे प्रष्टीकरण

न्यारोबडी घोटाला प्रकरण: निगमका तत्कालिन महाप्रबन्धकको ९ बुंदे प्रष्टीकरण

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमले दुइवटा न्यारोबडी विमान एयरबस ए ३२० खरिद गर्ने क्रममा डेढ अर्ब घोटाला रुपैयाँ भएको समाचार सार्वजनिक भएपछि निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारले ९ बुंदे प्रष्टीकरण दिएका छन्  ।

उनले आफू महाप्रबन्धक नियुक्त भएको केही हप्तापछि नै ६ वटा विमान खरिद गर्न टेण्डर आह्वान गरिएको बताएका छन् । उनले आफूले अवकास पाइसकेपछि मात्रै विमान खरिद भएको उल्लेख गरेका छन् ।

नेपाललाई दुइवटा न्यारोबडी विमान एयरबस ए३२० विक्री गर्ने युरोपियन कम्पनी एयरबसले तत्कालीन खरिद विक्रीमा संलग्न नेपाली सरकारी अधिकारी तथा एजेन्टलाई ३ लाख ४० हजार युरो (करिब ४ करोड २८ लाख रुपैंयाँ) ‘घूस’ दिएको खुलासा गरेको थियो । फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले सार्वजनिक गरेको अदालती सम्झौतापत्रमा १८ लाख (करिब २० करोड) को प्रतिबद्धता भएको रकममध्ये एयरबसले नेपाली एजेन्ट र खरिदमा संलग्न सरकारी अधिकारीहरुलाई ‘घूस’ वापत भुक्तानी गरेको उल्लेख छ ।

यो रकम सन् २०१४ फेब्रुअरी(२०७० माघ) देखि सन् २०१५ अप्रिल(२०७१ चैत) सम्म पटक पटक भुक्तानी भएको पत्रमा उल्लेख छ ।

कंसाकारको प्रष्टीकरण  

१) म महाप्रबन्धक हुनासाथ केही हप्तापछि नै मिति २०६५-१२-२५ मा ६ वटा विमान खरिद गर्न टेण्डर आह्वान गरेको ।

२) अख्तियारले मिति २०६७-९-९ मा विशेष अदालतमा मुद्दा हालेपछि म स्वत: निलम्बनमा परेर घर बसेको ।

३) सर्वोच्च अदालतबाट खरिद प्रकृयामा कुनै अनियमिता भ्रष्टाचार नभएको भनि मिति २०६९-१-१२ मा क्लिन चिट दिएको ।

४) मैले २०६८ साल आषाढ १५ गतेदेखि निगमको कार्यकारी अध्यक्षबाट अवकास पाएर घरमा बसेको ।

६) मैले अनौपचारीक रुपमा पाएको जानकारी अनुसार दुईवटा न्यारोबडी ए ३२० विमान खरिद गर्न एयरबस कंपनीसँग वार्तालाप २०६९ माघ/ फागुन महिनादेखि शुरु गरेको । 

७) पहिलो न्यारोबडी मिति २०७१-१०-२५ मा र दोश्रो विमान मिति २०७२-१-१८ मा काठमाण्डौं अवतरण भएको ।

८) ६ दिन अघि २०७६ माघ १७ गते लण्डनमा सार्वजनिक गरेको कागजातमा २०७० साल माघ १८ गते देखि २०७२ साल बैशाख १७ गतेबीचमा ३ लाख ४० हजार युरो नेपालको एक/दुई ब्यापारीलाई भुक्तानी गरेको उल्लेख गरेको ।

९) २०६८ देखि २०७२ सम्म म करिव ४ वर्ष घरमा अवकासको जीवन बिताईसकेपछि २०७२ साल जेष्ठ १७ गते देखि पुन: निगमको महाप्रबन्धक पद सम्हालेको ।

Logo