सहिद स्मारक ‘ए’ डिभिजन : सन्जोगको ह्याट्रिकसँगै थ्रीस्टारको सानदार जित

सहिद स्मारक ‘ए’ डिभिजन : सन्जोगको ह्याट्रिकसँगै थ्रीस्टारको सानदार जित

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ललितपुरको थ्रीस्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध सानदार जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई ४–० गोलले हराएको हो ।

जारी लिगमा सन्जोग राईले पहिलो ह्याट्रिक गरे । सन्जोगले ५७औं, ६०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । म्यान अफ दी म्याच भएका सन्जोगले १० हजार रुपैयाँ पुरस्कार पाए ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रीस्टारले सबै गोल दोस्रो हाफमा गरेको थियो । भारतीय खेलाडी लाल रामवाले ४९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए  ।  थ्रीस्टारले १० खेलबाट १७ अंक बनाएको छ । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ ।
sf7df8f}F !* df3 zlxb :df/s P l8lehg lnu @)&^ cGtu{t lqk’/]Zj/l:yt bz/y /+uzfnfdf zlgaf/ y|L :6f/ Sna / ;/:jtL o’y SnaaLrsf] v]ndf anfO{ cuf8L a9fpFb} y|L :6f/sf v]nf8L . t:jL/ M /f]zg ;fksf]6f, /f;;

Logo