जातिय मुक्तिका लागि संविधान संशोधन गरिन्छ : प्रचण्ड

जातिय मुक्तिका लागि संविधान संशोधन गरिन्छ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडि बढ्ने बताएका छन् ।

पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातिय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडि बढ्ने बताएका हुन् । उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै दाहालले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताए ।

विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडि बढाउँदै गए मात्रै सोचेजस्तो समानता प्राप्त हुने उनको धारणा थियो । दाहालले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाई जितेको भएपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । नेकपा सबै खालका विभेदको अन्त्य गरी सबैको हक अधिकार सुनिश्चित गर्न सदैव तयार रहेको उनको भनाई छ ।

पूँजीपतिहरु र साम्राज्यवादीहरुले साप्रदायिक विद्वेष फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातिय हक अधिकारको कुरा, जातिय मुक्तिको कुरा फरक भएपनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको उनले बताए । अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कायम गर्न नसकिने बताए ।

Logo