‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन शुरू

‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन शुरू

केन्द्रबिन्दु
0
Shares

‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन काठमाडौमा शुरू भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा होटल हायातमा सम्मेलन शुरू भएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि उपस्थित भएका छन् । ३ सय जनाको सहभागिता रहने उक्त ‘विद्यालय शिक्षा’ सम्मेलनमा सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, निजी विद्यालयका प्रिन्सिपल, संचालक, सामुदायिक विद्यालयका प्रधानध्यापक, शिक्षक, शिक्षा नीति निर्माण गर्ने कानुनविद्‌हरुकाे उपस्थिती रहनेछ ।

कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यात्मिक मूल्यमान्यता, प्रा.डा. बालचन्द्र लुईंटेलले स्टिम एजुकेशन, डा. सुशील कँडेलले विद्यालयमा मनोविज्ञान लगायत अन्य विज्ञहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

विश्वमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपालको शिक्षालाई समय सापेक्ष रुपमा अगाडि बढाउन सम्मेलनको आयोजना गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताए । नेपालको शिक्षा प्रणाली पुरानै विधि र ढंगले अगाडि बढिरहेकोले यसलाई समय सापेक्ष रुपमा अगाडि बढाउन सहयोग गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनले बताए ।

Logo