नेपाल-चीन सम्बन्ध सुढृढ बन्दै गएको छ : गृहमन्त्री थापा

नेपाल-चीन सम्बन्ध सुढृढ बन्दै गएको छ : गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको बताएका छन् । अरनिको समाज नेपालले चिनियाँ नव वर्षका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले नेपाल–चीनबीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउँदै पछिल्ला वर्षमा नेपाल–चीनबीचको सहकार्य बढ्दै गएको बताएका हुन् । “चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएका छैनन्, सांस्कृतिक र सामाजिक रुपले समेत जोडिएका छन्, यसलाई निरन्तरता दिनुपर्छ,” उनले भने । उनले चीनले नेपालको विकासका लागि गरेको कामको उच्च प्रशंसा गरे ।

गृहमन्त्री थापाले तीन महिना अगाडि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीनको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताए । उनले चीनमा पढेर नेपाल फर्केका विद्यार्थीबाट स्थापना गरिएको अरनिको समाज नेपालले नेपाल चीन सम्बन्धलाई झन नजिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन–नेपाल सम्बन्ध धेरै पुरानो भएको बताउँदै आउँदो दिनमा उक्त सम्बन्धलाई निरन्तरता दिने बताए। नेपालको विकासका लागि चीनको सधैँ साथ र सहयोग रहने उनको भनाइ थियो ।

चीनसँगका ६ नाका व्यवस्थित गरिने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मरिणमा औद्योगिक क्षेत्रका विषयमा अध्ययन भएको र यसलाई निष्कर्षमा पु¥याइने बताएका छन् । मरिण गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य सङ्घ मरिणले आयोजना गरेको मरिण महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टले सोमबार मरिणका फाँटले नेपालको राजधानीमा अन्न पु¥याएको थियो तर आज मरिण खोलाले उर्वरा भूमि खाइरहेकाले चुरे तथा नदी नियन्त्रण गर्नतर्फ स्थानीय, प्रदेश र सङ्घीय सरकार अघि बढेको बताए ।

“हिजो अन्न विदेश निर्यात गर्ने हामी आज भारतबाट वार्षिक ३५ अर्बको चामल आयात गर्छौं, हिजो चामल निर्यात गरेर विभिन्न वस्तु आयात गर्ने नेपाल अहिले चामल आयात गरिरहेको छ, यस्तै गर्दा मुलुकमा व्यापार घाटा बढिरहेको छ”, उनले भने । उनले देशका विभिन्न नाकाहरुलाई व्यवस्थित र आधुनिकीकरण गरिने तथा चीनसँग ६ वटा नाका व्यवस्थित गरिने, तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित गर्दै दुई देशीय व्यापारलाई कसरी अघि बढाउन सक्छौँ भन्ने विषयमा सरकारले आवश्यक काम गरिरहेको बताए ।
रासस

Logo