राजपालाई शिर्ष नेताहरुको सुझाव : ‘संस्थागत निर्णय गरेर मात्र सरकारमा जाऊ’

राजपालाई शिर्ष नेताहरुको सुझाव : ‘संस्थागत निर्णय गरेर मात्र सरकारमा जाऊ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताले सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेर मात्र अगाडि बढ्न लिखित माग गरेका छन् । राजपाका वरिष्ठ उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल, उपाध्यक्ष गोविन्द चौधरी र रमेशप्रसाद यादव तथा महासचिव विजयकुमार सिंहले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवलाई पत्र लेख्दै पार्टीभित्र संस्थागत निर्णय गरेर मात्र सरकारमा सहभागी हुन माग गरेका हुन् ।

“सरकारमा सहभागी हुने जस्तो गम्भीर विषयमा पार्टीको राजनीतिक समिति र पार्टीको केन्द्रीय समितिमा छलफल गर्नु आवश्यक छ । अतः यसबारे पार्टीमा संस्थागत निर्णयमार्फत मात्र निष्कर्षमा पुग्न हामी माग गर्दछौंं”, पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा संविधान संशोधन गई मधेशी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत मुद्दा सम्बोधन तथा रेशम चौधरीलगायत आन्दोलनकारीमाथि चलाइएका राजनीतिक मुद्दाहरु खारेज गरी तिनको रिहाइ नहुन्जेल सरकारमा सामेल हुनु भनेको सयौँ शहीदको बलिदान र आन्दोलनकारीको सङ्घर्षको अपमान हुने ठहर गरिएको छ ।
रासस

Logo