सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अग्नि प्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सुवास नेम्वाङको समर्थन तथा देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै सापकोटाले जननिर्वाचित सर्वोच्च संस्थाको गरिमा र यसको मूल्य मान्यतालाई अझ उचो पार्न भगिरथ प्रयास गर्ने बताए।

कृष्णबहादुर महराले यौंन दुर्व्यहारको आरोप लागेसँगै गत असोजमा राजीनामा दिएपछि सभामुख पद खाली रहेको छ । माघ १२ हुने सभामुखको निर्वाचनका लागि सापकोटाको एकल उम्मेदवारी परेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने घोषणा गरिसकेको छ ।

Logo