प्रदेश नं.२ : ६ महिनामा भएका सवारी दुर्घटनामा २४१ जनाको मृत्यु

प्रदेश नं.२ : ६ महिनामा भएका सवारी दुर्घटनामा २४१ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज।

प्रदेश नं. २ मा चालू आवको पुस मसान्त सम्म ५२७ वटा सवारी दुर्घटना भएका छन् । ट्राफिक प्रहरीको तथ्यांक अनुसार यस अवधिमा २ नं. प्रदेशमा मात्र २४१ जनाको ज्यान गएको देखाएको हो ।

पर्सा जिल्ला बाहेकका बाँकी सबै जिल्ला महेन्द्र राजमार्गसँग जोडिएका कारणले पनि अनपेक्षित रूपमा सवारी दुर्घटना बढी हुने तथ्यांकले देखाएको छ । यस अवधिमा प्रदेश नं. २ मा घाइते हुने मानिसको संख्या ७ सय ८८ रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत वर्ष यो प्रदेशमा मात्र १ हजार २ सय ६९ जना सवारी दुर्घटनाकै कारण घाइते भएका थिए । चालू आर्थिक वर्षका ६ महिनामा त्यसको तुलनामा अझ घाइते हुनेको संख्या बढेको देखिन्छ ।

आठ जिल्ला मात्र रहेको प्रदेश नं. २ मा समतल भू–बनोट मात्र रहेको छ । तैपनि यति धेरै मात्रामा सवारी दुर्घटना भएको तथ्यांक सार्वजनिक हुनुले गम्भिर प्रश्न उठाएको छ ।

Logo