छैठौँ महिला उद्यमी सम्मेलन काठमाडौँमा हुने

छैठौँ महिला उद्यमी सम्मेलन काठमाडौँमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । ‘कनेक्ट, कोलाबोरेट र क्रियट’ भन्ने नाराका साथ नेपाली युवा उद्यमी फोरमले आइतबार पत्रकार सम्मेलन आयोजना गरी माघ १२ गते काठमाडौंको लाजिम्पाट स्थित होटल र्‍याडिसनमा सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।

कार्यक्रममा नेपाली युवा उद्यमी फोरमका उपाध्यक्ष उपासना श्रेष्ठले विभिन्न व्यवसाय तथा उद्यमशीलता प्रति आकर्षित युवाहरुलाई लक्षित गरेर महिला उद्यमशीलता सम्मेलन आयोजना गर्न लागिएको बताइन् । उनले सम्मेलनमा व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा सफलता पाइरहेका उद्यमी व्यवसायीहरूको अनुभव, योजना र व्यवसायीक साझेदारी साटासाट हुने बताइन् । सम्मेलनमा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरू लगायत विभिन्न विज्ञहरू र विद्यार्थीहरू गरी करिब ३ सय जनाको उपस्थिति रहने उपाध्यक्ष श्रेष्ठले बताइन् ।

कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गर्नुहुने उहाँले बताउनुभयो ।

Logo