अर्थमन्त्री दोहोरिने सम्भावनादेखि प्रहरीमा नयाँ भर्ना खुलेकोसम्म (भिडियोसहित)

अर्थमन्त्री दोहोरिने सम्भावनादेखि प्रहरीमा नयाँ भर्ना खुलेकोसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारमध्ये आज माघ १ अर्थात् माघे सङ्क्रान्ति । आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । आजकै दिनबाट सूर्य उत्तरायण हुने भएकाले क्रमशः दिनभन्दा रात छोटो हुँदै जानेछ ।

दुई वर्षे कार्यकाल सकिन लागेका १९ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आयोगले माघ ९ गते चुनाव गर्न लागेको छ । राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात १९ जना दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका छन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । हालका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको सिफारिसमा राष्ट्रपतिवाट मनोनित सदस्य हुन् । उनको पनि अवधी यही फागुन २१ गते सकिदैछ ।

सम्पत्ति शुद्धीकरण र वित्तीय पारदर्शिता कायम गर्ने उद्देश्यका साथ वाणिज्य बैंकहरूमा आजदेखि गो–ए एम एल प्रणाली लागू गरिएको छ । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफ ए टी एफ)को नियमअनुसार वाणिज्य बैंकहरूलाई माघ १ गतेदेखि अनिवार्य रुपमा गो–ए एम एल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

नेपाल प्रहरीले १ सय ४९ प्रहरी निरीक्षक र ५ सय ८४ प्रहरी सहायक निरीक्षकका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले बुधबार विज्ञापन प्रकाशन गर्दै दरखास्त आव्हान गरेको हो । थप समाचार हेरौं यो भिडियोमा :

 

Logo