काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिप्रति त्यहाँको सरकार र नागरिकमा गहिरो समवेदना तथा साहनुभूति प्रकट गरेकि छिन् ।
अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्ररेलाई शुक्रबार समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले त्यहाँको सरकार र जनताको सामूहिक प्रयासबाट आगलागी नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आगलागीबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनाका साथै व्यापक सम्पत्ति क्षति भएको उल्लेख गरिएको छ ।
रासस





























प्रतिक्रिया