शाली नदीमा स्वस्थानी व्रतालुहरूको आस्था (फोटोफिचर)

शाली नदीमा स्वस्थानी व्रतालुहरूको आस्था (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु गरिँदैछ । आजदेखि व्रत बस्ने प्रत्येकले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शाली नदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

फोटोफिचरमा हेर्नुहोस् शाली नदीमा व्रतालुको घुइंचो 

 

 

 

फोटो : प्रशान्त प्रधान/केन्द्रबिन्दु 

Logo