काठमाडौं ।
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ विन्दुमा पुगेको छ । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अङ्कले बढेर २६०.६७ पुगेको छ ।
परिसूचक बढेसँगै कारोबार रकममा पनि भारी वृद्धि भएको छ । स्टकका अनुसार आज कुल १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर ८४ करोड २५ लाख ८२ हजार १५० मा खरिदबिक्री भयो ।
कारोबार भएको कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ । व्यापार १२.२६ अङ्कले घट्दा बैंकिङ २५.८६, होटल २.९८, विकास बैंक १३.१७, जलविद्युत् ०.१४, वित्त १.४९, निर्जीवन बीमा ०.७९, उत्पादन ४.४५, अन्य ३.५६, लघुवित्त ३३.९८, जीवन बीमा १२.१३ र सामूहिक लगानी कोषको शेयर ०.१५ अङ्कले बढ्यो ।





























प्रतिक्रिया