काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताएका हुन् । उनले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय ऐकेवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पु¥याउने बताए । उनले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्यक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताए ।
मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले अन्तर्राट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवद्र्धनमा सहयोग पु¥याउने उनको भनाई थियो ।





























प्रतिक्रिया