काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बाट छुट्टिएर नयाँ संघ स्थापना गरेका ४० जनाकाे समूह फेरि इक्यानमा फर्किएपछि इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले स्वागत गरेका छन् ।
गत निर्वाचनमा अध्यक्ष पदमा विष्णुहरि पाण्डेसँग पराजित भएसँगै कांग्रेस निकटका अधिकांश शैक्षिक परामर्श व्यवसायीहरू इक्यानबाट बाहिरिएका थिए । अध्यक्ष पाण्डे नेतृत्वकाे इक्यानले छाेडेर गएका व्यवसायीहरूलाई फर्काउन लामाे समयदेखि कसरत गरेका थिए ।
इक्यानका महासचिव शेषराज भटटराईले भने- ‘साथीहरू इक्यानबाट बाहिरिएकाे नभई छुट्टीमा जानुभएकाे थियाे, अब फर्किनुभएकाे छ । अब इक्यानले पूर्णता पाएकाे छ ।’
बाहिरिएकाहरूले स्थापना गरेकाे नयाँ संघमा समेत बैचारिक द्वन्द्व फैलिएपछि एक वर्ष नपुग्दै संघमा विवाद आएकाे थियाे र एउटा टिम इक्यानबाट बाहिरिएकाे थियाे । इक्यानका अध्यक्ष पाण्डेलगायतको कार्यसमितिले उनीहरूलाई सोमबार इक्यानको कार्यालय डिल्लीबजारमा स्वागत गरेकाे अध्यक्ष पाण्डेले बताए ।
बस्नेतलाई इक्यानको सल्लाहकारको जिम्मेवारी दिइएको छ । नयाँ सबै सदस्यले प्रमाण पत्र समेत ग्रहण गरे । ठूलो टिमलाई एकैसाथ स्वागत गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले भने– ‘पेन्सिलमा पनि इरेजर हुन्छ, केही गल्ती भए मेट्नुपर्छ, हामी मानिसले पनि कहिले काँही काम गर्दा गल्ती हुन सक्छ त्यसैबाट पाठ सिकेर अगाडि बढ्ने हो ।’





























प्रतिक्रिया