नेपाल बैंकका पूर्व शाखा प्रबन्धक पक्राउ

नेपाल बैंकका पूर्व शाखा प्रबन्धक पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका पूर्व प्रवन्धक भूपराज कोइराला पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले पूर्व प्रवन्धक भूपराज कोइरालालाई बैंकिङ कशुरमा पक्राउ गरेको छ । कोइरालालाई व्यूरोको टोलीले पुस ११ गते पक्राउ गरेको हो ।

सोलुखुम्बु साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका स्थायी वासिन्दा कोइरालालाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

कोइरालामाथि बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोप लागेको छ ।

Logo