माइनस ५२ डिग्रीमा म्याराथन

माइनस ५२ डिग्रीमा म्याराथन

केन्द्रबिन्दु
0
Shares

जाडो मौसम लागेसँगै संसारका अधिकांश भूभागहरूमा चिसो सुरु भइसकेको छ । अझै हिमपात हुने भूभागहरूमा तापक्रम माइनसमा पुगिसकेको छ । कतिपय ठाउँमा अत्यधिक चिसो हुनुका साथै हिमपातका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौंको तापक्रमकै कुरा गर्ने हो भने पनि शून्य दशमलव ६ प्रतिशतसम्म मापन गरिएको छ ।

संसारको कुरा गर्दा कतिपय ठाउँमा हामीले कल्पनै गर्न नसक्ने चिसो पनि छ । प्रसंग चीनको हो, उत्तरी चीनको गेन्हे भन्ने ठाउँमा पनि अत्यधिक चिसोको प्रकोप फैलिरहेको छ, तर यसका बाबजुद पनि त्यहाँ ‘चाइना पोल अफ कोल्ड म्याराथन’ प्रतियोगिता सम्पन्न भएको छ । जसमा १५०० धावकहरू सहभागी थिए । उक्त म्याराथन आयोजना भइरहदा त्यहाँको तापक्रम माइनस ५२ डिग्री सेल्सियस थियो ।

अब सोच्नुहोस्, हामी २–४ डिग्री तापक्रम हुँदा बाहिर निस्कन गाराे मान्छौं तर यहाँ मानिसहरू आफ्नो ज्यानको बाजी राखेर दौडिन तयार भए जब धावकले दौडिन सुरु गरे उसको अनुहार साथै शरीरमा बरफको तह नै जम्यो । जब कि उनीहरूले चिसोबाट बच्न बाक्ला र न्याना पहिरन लगाउनुका साथै पूरै अनुहार मास्कले छोपेका थिए ।

उक्त प्रतियागिता आयोजना भएको ठाउँलाई बर्फिलो मैदानका नामले चिनिन्छ । वर्षैपिच्छे आयोजना हुने उक्त प्रतियोगितामा यसपालि पनि उल्लेख्य सहभागी थिए । भाग लिनेहरू स्वदेशी, स्थानीय तथा विदेशीहरू पनि थिए ।

गेन्हे चीनको सबैभन्दा चिसो शहर हो । यहाँको तापक्रम माइनस ५८ डिग्रीसम्म हुने गर्दछ । एजेन्सी

Logo