ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन पुस १९ मा हुने

ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन पुस १९ मा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन, बार्षिक साधारण सभा तथा स्थापना दिवश पौष १९ गते हुने भएको छ।

समाज नेपालको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी सातौं पूर्ण बैठक सकिएसँगै प्रथम अधिवेशनको आह्वान गरिएको हो । समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फेको अध्यक्ष्यतामा पूर्व मन्त्रि मणि लामा ,पूर्व संसद तिल कुमार मेनेङ्ग्बो ,डम्बरध्वज तुम्बाहाम्फे ,पूर्व सभासद पासाङ्ग शेर्पा ,प्रदेश १ संसदीय दलका उपनेता टंक आम्बोहाङ्ग लागायतको उपस्थितिमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो । उक्त बैठकले अधिवेशन आह्वानसँगै स्थापना दिवश पनि भव्यताका साथ मनाउने जानकारी दिदै सम्पूर्ण ताप्लेजुङबासीलाई उपस्थितिका लागि दैनिक पत्रिका र सामाजिक संजालबाट निम्तो पठाइसकिएको र विभिन्न उपसमितिहरु बनाएर प्रचार प्रसार तिब्र बनाइएको समाजका महासचिब अग्नि पौडेलले बताएका छन् ।

विभिन्न पेशा व्यबसाय गर्दै काठमाडौंमा बसोबास गरिरहेका ताप्लेजुङ्गबासिहरुको एकता, सद्भाव, र सहयोगका लागि भन्दै ताप्लेजुङ्ग समाज नेपालको गठन भएको थियो । समाज नेपालले कुम्भकर्ण आपतकालिन कोष स्थापना, पाथीभरा शैक्षिक अक्षय कोष, कञ्चनजङ्घा लगानी कोष लगायत महत्वपूर्ण कार्यहरु आफ्नो क्षेत्रका लागि गर्दै आइरहेको छ ।ताप्लेजुङ्गवासीहरुको उत्साहको दिन भएकाले सम्पूर्ण ताप्लेजुङ्गवासीलाई स्थापना दिवशमा सरिक हुन पनि समाजले आव्वान गरेको छ ।

Logo