मोदीले सूर्यग्रहण हेरेको तस्बिर सामाजिक सञ्जालमा ठट्टाको विषय बनेपछि…!

मोदीले सूर्यग्रहण हेरेको तस्बिर सामाजिक सञ्जालमा ठट्टाको विषय बनेपछि…!

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारको सूर्यग्रहण हेर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा ठट्टाको विषय बनेको छ । मोदीले बिहीबार बिहानै विशेष चश्माको सहायताबाट सूर्यग्रहण हेरेका केही तस्बिर ट्वीटरमा सार्वजनिक गरेका थिए ।

तर ट्वीटर प्रयोगकर्ताले उनको मजाक नै बनाए । दिल्लीमा बादलका कारण प्रष्टसँग सूर्यग्रहण देख्न नसकिएको मोदीले जनाएका थिए । यस्तैमा एक प्रयोगकर्ताले मोदीका तस्बिरमा टिप्पणी गर्दै उनले लगाएको चश्मा एक लाख ६० हजार रुपैयाँ मुल्यको उल्लेख गरेका थिए । उनले मोदीले लगाएको चश्माको खास दाम वेबसाइटमै खोजेर त्यसको स्क्रिन सट समेत राखेका थिए ।

गप्पिस्तान रेडियो नामको प्रयोगकर्ताले मोदीको उक्त तस्बिर सार्वजनिक गर्दै यसको मजाक बनिरहेको छ भन्दै लेखेका थिए । मोदीले भने, स्वागत छ, आनन्द लिनूस् , भन्दै जवाफ फर्काए ।
अन्नपूर्णबाट

Logo