मकवानपुरमा विमान दुर्घटनाको हल्ला मात्र

मकवानपुरमा विमान दुर्घटनाको हल्ला मात्र

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको गढी गाउँपालिकाको बतासेडाँडामा विमान दुर्घटना भएको हल्ला फैलिएको छ । जंगलको बीचमा आगोको ठूलो मुस्लो देखिएपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान सुर्दशन श्रेष्ठले विमान दुर्घटना भएको आशंका मात्र गरिएको तर यो जंगलमा आगो लागेको मात्र पनि हुन सक्ने बताए । प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ । जिल्ला सदरमुकाम हेटौडाबाट त्यस स्थानमा जान करिब ३  घण्टा लाग्छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले  मकवानपुरसहित नजिकका टावरहरुसँग नियमित सम्पर्क भैरहेका भन्दै अनावश्यक हल्ला फैलिएको जानकारी दिए ।

फोटो: दिल रुम्बा तामाङ/मकवानपुर 

Logo