सशस्त्र प्रहरी बल महोत्तरीद्वारा पेस्तोलसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बल महोत्तरीद्वारा पेस्तोलसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सशस्त्र प्रहरी बल महोत्तरीले २ राउण्ड लोडेड सेमी अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल महोत्तरीद्वारा हतियारसहित उनीहरुलाई शुक्रबार राति ८ बजे पक्राउ गरेको हो ।

महोत्तरीको सिसवा नगरपालिका वडा नं १० मरुवाहिमा मादक पदार्थ सेवन गरि स्थानियसँग विवाद गरेर दशगजा भारततर्फ भाग्ने क्रममा बिओपि मरुवाहिबाट खटिएको गाडि मोबाईल टोलीले भारतको सितामढि वासविट्टि बस्ने अन्दाजी वर्ष १९ का मुकेशकुमार मण्डल र सोही ठाउँ बस्ने वर्ष १५ का राजकुमार दासलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ राउन्ड (७.६५) लोडेड सेमी अटोमेटिक पेस्तोल नाल १ र स्प्रिङ चक्कु १ थानका साथै ओप्पो मोबाईल सेट १ थान सहित नियन्त्रणमा लिईएको छ । यस विषयमा थप अनुसन्धान हुँदै गरेको पनि प्रहरीले जनाएको छ ।

Logo