पोखरा । बुटवल ब्लास्टर्सले पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटकाे प्लेअफमा स्थान बनाएकाे छ ।
पोखरामा आइतबार एक्स्पर्ट धनगढीलाई ७ विकेटले पराजित गर्दै बुटवलले तेस्रो जित निकाल्दै लिगको प्लेअफमा प्रवेश गरेको हाे । पोखरा रंगशालामा धनगढीले दिएको १ सय ४१ रन लक्ष्य बुटवलले १६ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । पराजित धनगढीले ४ खेलमा २ अंक जोडेको छ । धनगढीको प्ले अफ सम्भावना गणितीय मात्र बाँकी रहेको छ ।





























प्रतिक्रिया