काठमाडौं । आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यु –१४ तर्फको उपाधी हात पारेको छन् । विजयी खेलाडीहरूले नगद २५ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
आईतबार सम्पन्न भएको पुरुष तर्फको फाइनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधी उचालेका हुन् । यस्तै ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४, ६–३ लेनै पराजित गर्दै उपाधी हात पारेकी हुन् । उपविजेता अकी र सुभाङ्गीले नगद १२ हजार ५ सय प्राप्त गरे ।





























प्रतिक्रिया