काठमाडौं ।
प्रदेश नं. १ पूर्वी नेपालको प्रतिनिधित्व गर्ने प्रदेश हो । यस प्रदेशमा खोटाङ, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा गरि १४ जिल्लाहरु रहेका छन् । यहाँका प्रमुख शहरहरु मध्ये विराटनगर, इटहरी, धरान, धनकुटा, विर्तामोड, गाईघाट र इलाम हुन् ।
प्रदेश एकको क्षेत्रफल २५ हजार ९०५ वर्गकिमी र जनसंख्या ४५ लाख ३४ हजार ९४३ रहेको छ । निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार यस प्रदेशमा २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिका गरि १३७ वटा स्थानियतह प्रदेश एकमा पर्दछन् । शेरधन राई यहाँका मुख्यमन्त्री हुन् । यस प्रदेशमा साक्षरता दर ६५ प्रतिशत छ । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । यो अग्ला हिमालहरुको राजधानी प्रदेश पनि हो । विश्वकै उच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा अग्ला आधा दर्जन भन्दा वढी हिमाल यसै प्रदेशमा छन् ।
यहाँका मुख्यमन्त्री शेरधन राई हुन् । यसपटक केन्द्रबिन्दु टेलिभिजनले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर प्रदेश नं १ ले के कस्तो तयारी गरेको छ त भन्ने विषयमा केन्द्रित रहेर उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ मुख्यमन्त्री राईसँग केन्द्रबिन्दु मिडिया प्रा लिका सम्पादक दिवश गुरागाईंले गर्नुभएको कुराकानीको सम्पादित अंश :





























प्रतिक्रिया