काठमाडौं ।
चन्द्रागिरी नगरपालिकाका स्थानीयहरु त्यस क्षेत्रमा सञ्चालित ईंट्टा उद्योगहरु हटाउन भन्दै आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले ईंट्टा भट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भिर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै ईंट्टा भट्टा हटाउनु पर्ने माग गर्दैं मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले फेरी आन्दोलन गर्नुपरेको बताए ।
ईंट्टाभट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले ०७२ सालमा सर्वदलिय बैठकद्वारा चन्द्रागिरी नगरपालिका भित्रका सम्पूर्ण ईंट्टा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरेपनि अहिलेसम्म नहटेकोले आन्दोलन गर्नु परेको बताए । उनले ईंट्टा उद्योगको विरोध नभई त्यसबाट स्थानीयहरुको स्वास्थ्यमा पारेको असरको विरोध भएको समेत बताए ।
संयोजक घिमिरेले नगरपालिकाले ईंट्टा उद्योग बन्द गर्न चासो नदेखाएको आरोप समेत लगाए । उनले ईंट्टा उद्योगका कारण त्यस क्षेत्रको वातावरण समेत विग्रिएको बताए । चन्दागिरी नगरपालिका भित्र १४ वटा ईंट्टा उद्योगहरु सञ्चालनमा रहेका छन् ।





























प्रतिक्रिया