शहीद स्मारक ए डिभिजन लिग : मछिन्द्रको विजयी शुरुवात

शहीद स्मारक ए डिभिजन लिग : मछिन्द्रको विजयी शुरुवात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले पराजित गरेको हो ।

मछिन्द्रका लागि खेलको ३० औँ मिनेटमा योगेश गुरुङले तथा खेलको ५० औँ मिनेटमा दीपक राईले गोल गरेका थिए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको ब्रिगेडले दोस्रो हाफमा राम्रो खेल प्रदर्शन गरेको थियो । खेलको म्यान अफ दि म्याच मछिन्द्रका विशाल भए । जितसँगै मछिन्द्रले ३ अङ्क जोडेको छ । दशरथ रङ्गशाला हिलाम्य भएपछि अन्तिम समयमा सातदोबाटोस्थित एन्फा मैदानमा खेल सञ्चालन गरिएको हो ।

यसैबीच, एन्फाले आइतबारको लागि तय गरेको दुवै खेल स्थगित गरेको छ । आइतबार संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच खेल हुने तालिका थियो । आइतबार ‘ए’ डिभिजन लिगको साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले जापानी फुटबल लिग यू–२२ टिमसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भएकाले दुवै खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघले बताएको छ ।

Logo