प्रदेश उडान गरी पर्यटन प्रवर्द्धन गर्ने- मन्त्री भट्टराई

प्रदेश उडान गरी पर्यटन प्रवर्द्धन गर्ने- मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रव‌र्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना बनाउन लागिएको बताए  ।

प्रदेश नम्बर १ को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन समन्वय गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले त्यसका लागि प्रदेशमा रहेका विमानस्थलको स्तारोन्नति आवश्यक रहेको बताए । उनले प्रदेश नम्बर १ को विराटनगरमा रहेको विमानस्थलको लम्बाई ३ हजार मिटरको बनाउनुपर्ने समेत बताए । त्यसका लागि संघीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्धता उनले बताए। उनले संघीय सरकारले राखेको एक दशक पर्यटन वर्षको अभियानका लागि प्रदेश सरकारहरूसँग समन्वय गर्ने समेत बताए।

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अवको १० वर्षमा नेपालको उत्कृष्ट पर्यटकिय क्षेत्र भएको प्रदेशको रुपमा प्रदेश १ लाई विकास गरिने बताए । कार्यक्रममा पर्यटकिय क्षेत्रको विकासका लागि संघीय सरकार, प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय कायम हुनुपर्नेमा जोड दिइएको थियो ।

Logo