आज सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

आज सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २६ ।

बिहीबार (आज) उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिनुभयो । सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उहाँको भनाइ छ ।

Logo