लक्ष्मीपुर पतारी  गाउँपालिकाको भवनमा तोडफोड, दर्जनौ स्थानीय घाइते

लक्ष्मीपुर पतारी  गाउँपालिकाको भवनमा तोडफोड, दर्जनौ स्थानीय घाइते

केन्द्रबिन्दु
0
Shares

सिरहा, २०७६ मंसिर २३  ।  सिरहाकाे लक्ष्मीपुर पतारी  गाउँपालिकाको भवनमा तोडफोड गरेपछि नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेकाे छ ।  गाउँपालिकामा व्यापक अनियमिता भएको भन्दै विरोधमा स्थानीयले  कार्यालय तोडफोड गरेका हुन् ।

गाउँपालिकाले बजेटमा गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृत अनियमितता गरेको भन्दै हिसाव पारदर्शीताको माग गर्दै एक साताभन्दा बढी समयदेखि स्थानीय आन्दोलनरत छन् ।

जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा प्रहरीले  लाठीचार्ज गरेपछि आफूहरू तोडफोडमा उत्रिएको आन्दोलनकारीहरूले बताएका छन् ।

प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दर्जनबढी आन्दोलनकारी घाइते भएका छन् भने केही प्रहरी पनि घाइते छन् ।

 

Logo